काठमाण्डौ । चैत ३ गते बेलायतबाट फर्किएका चितवनका दुई संक्रमित(आमाछोरा)मध्ये छोराको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।
भरतपुर अस्पतालमा उपचार गराइरहेका दुई आमाछोरा संक्रमितमध्ये बिहीबार गरिएको स्वाब परीक्षणमा छोराको रिपोर्ट पहिलोपटक नेगेटिभ आएको हो ।
गत शुक्रबार चितवनको राप्ती ८, ब्रम्हनगरका ती आमाछोरामा संक्रमण पुष्टि भएको थियो । संक्रमित आमाको उमेर ६१ वर्ष छ भने छोराको उमेर २७ वर्ष रहेको छ । छोराको नेगेटिभ रिपोर्ट आए पनि आमाको भने पछिल्लो रिपोर्ट पनि पोजिटिभ नै आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले टेलिफोनमार्फत जानकारी दिएका छन् ।
चिकित्सकहरुका अनुसार उपचारमा रहँदा जसको पोजिटिभ आयो उसको ७२ घण्टापछि र नेगेटिभ आएका व्यक्तिको २४ घण्टापछि फेरि स्वाब परीक्षण गरिनेछ । छोराको दोश्रो रिपोर्ट समेत नेगेटिभ आएमा उनलाई डिस्चार्ज गर्ने विषयमा अस्पतालले आवश्यक निर्णय लिनसक्नेछ ।
ती आमाछोराको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुसँग निकट रहेका वा सम्पर्कमा आएकाहरुको समेत खोजी गरी पीसीआर परीक्षण गरिसकिएको छ । सो क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago