 
                     
                                
                             
                                    काठमाण्डौ । चितवनको भरतपुर–११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा केहीबेर तनाव भएपछि प्रहरीले लाठी प्रहार गर्नुपरेको छ।
मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि अन्य दलका कार्यकर्ताहरुले विरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। मतदानस्थल पुगेका लामिछानेको पक्षमा समर्थकले नाराबाजी गर्न थालेपछि गठनबन्धन र एमालेका नेताकार्यकर्ताले विरोध गरेका थिए।
दुवै पक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भीड नियन्त्रण गर्न लाठी प्रहार गरेको हो। दलका केही कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।
अहिले अवस्था सामान्य रहेको छ। मतदानस्थलबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19