काठमाण्डौ । सनराइज बैंक लिमिटेडले  चितवन  जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ ।

रत्ननगर नगरपालिकाका अध्यक्ष  हरि कुमार श्रेष्ठ र  बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य  अचुतजङ्ग श्रेष्ठले  एक समारोहकाबीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा  अचुतजङ्ग श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि  नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १२६ वटा शाखा,४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएममार्फत  करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।