काठमाण्डौ। एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित चितवनको क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ। 

एनएमबि बैंकको बागमती प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवनका व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेश ३ का क्षेत्रीय प्रमुख दुर्गा राम पूरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन एनएमबि बैंक, नारायणगढ, लायन्स चोक शाखा प्रमुख विवेक अधिकारीले गरेका थिए। 

कार्यक्रममा महानगर फलफूल तथा थोक व्यवसायी संघका निवर्तमान अध्यक्ष एवं महानगर फलफूल तथा तरकारी बजारका प्रवन्धक निर्देशक थिर प्रसाद धिताल प्रमुख आतिथ्यता भएको थियो भने प्रदेश प्रमुख गणेश पराजुलीले धिताललाई क्यूआर कोड हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा फलफूल तथा तरकारी थोक व्यवसायी संघका उपाध्यक्ष मुकुन्द प्रसाद गौतम, महासचिव जयराम पाण्डे, व्यवसायी पुरुषोत्तम गौतम तथा तरकारी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ। उक्त परियोजनाको अभिन्न अंगका रुपमा नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनका तर्फ केन्द्रित रही नगदसहितबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ। वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौँ’, बागमती प्रदेश प्रमुख पराजुलीले भने।