काठमाण्डौ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३५ हजार मतान्तरले अग्रता लिइरहेका छन्। 

अहिलेसम्मको मतगणनाअनुसार लामिछानले ४३ हजार १०१ मत पाएका छन्। उनी ३५ हजार १४९ मतान्तरले कांग्रेसका जितनारायण श्रेष्ठभन्दा अगाडि छन्। श्रेष्ठले ७ हजार ९५२ पाएका छन्। 

तेस्रो स्थानमा एमालेका रामप्रसाद न्यौपाने छन्। उनले ७ हजार ७८७ मत पाएका छन्। 

वाग्लेले ३४ हजार ९१८ ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन्।

तेस्रो स्थानमा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल रहे। उनले ८ हजार ४८८ मत पाए। 

वैशाख १० गते उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । त्यहाँ मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो ।

चितवन–२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब गन्न बाँकी मत २० हजारभन्दा कम छ। योसँगै लामिछानेको जित सुनिश्चित भएको हो।