काठमाण्डौ । चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार सेयर बजारका अगुवा लगानीकर्ता हरि ढकालले आफ्ना प्रतिद्वन्द्वीसँगको मतान्तर खुम्चाउँदै लगेका छन्। 

अहिलेसम्म चितवन–१ मा ३ हजार ४३८ मतगणना भएको छ। जसमा कांग्रेसका विश्वनाथ पौडेलले १ हजार १२१ मत ल्याएर अग्रस्थानमा छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हरि ढकालले पनि १ हजार ९१ मत ल्याएर दोस्रो स्थानमा छन्। अब ढकाल पौडेलभन्दा मात्र ३० मतले पछाडि छन्। 

सोही क्षेत्रमा एमालेका उपाध्यक्ष सरेन्द्र पाण्डे भने तेस्रो स्थानमा छन्। उनले ८३४ मत प्राप्त गरेका छन्।