काठमाण्डौ । चितवन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सेयर लगानीकर्ताका अगुवा हरि ढकाल प्रारम्भिक मतपरिणाममा आकर्षक मत पाइरहेका छन्। 

अहिलेसम्मको मतपरिणामअनुसार ढकालले ६२४ मत प्राप्त गरेका छन्। उनी दोस्रो स्थानमा छन्। 

ढकाल कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलभन्दा ८० मतले पछाडि छन्। पौडेल ७०४ मत प्राप्त गरी अग्रस्थानमा छन्। 

अहिलेसम्म मतपरिणामअनुसार यो निर्वाचन क्षेत्रमा एमाले सुरेन्द्रप्रसाद पाण्डेले तेस्रो स्थानमा छन्। उनले ४९८ मत प्राप्त गरेका छन्।