काठमाण्डौ । चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार सेयर बजारका अगुवा लगानीकर्ता हरि ढकालको अग्रता कायमै रहेको छ।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका ढकालले ५ हजार ९८ मत प्राप्त गरेका छन्। उनी कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलभन्दा १ हजार २१४ मतले अगाडि छन्। 

पौडेल अहिले दोस्रो स्थानमा छन्। उनले ३ हजार ८८४ मत प्राप्त गरेका छन्। 

एमाले उपाध्यक्ष सरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले ३ हजार ८८० मत प्राप्त गरेका छन्। उनी पौडेलभन्दा ४ मतले मात्र पछाडि छन्।