काठमाण्डौ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले फेरि विजयी भएका छन् ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए। लामिछानेले श्रेष्ठको भन्दा ४३ हजार २५ मत बढी ल्याएका छन्। 

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले भने १० हजार ९३५ मत ल्याएका छन्। 

उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

गत गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछानेले चितवन–२ मा ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए। 

नागरिकता प्रकरणमा लामिछानेको सांसद पद गुमेपछि चितवन–२ फेरि उपनिर्वाचन भएको हो।