काठमाण्डौ । चितवन–२ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

अहिलेसम्म त्यस क्षेत्रमा ३०० मत गणना भएको छ। जसमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मत प्राप्त गरी अग्रता स्थानमा छन्। 

पोखरेलको निकटतम प्रतिद्वन्द्वीमा सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ छन्। श्रेष्ठले ९७ मतसहित दोस्रो स्थानमा छन्। 

उता राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले भने २५ मतसहित तेस्रो स्थानमा छन्।