काठमाण्डौ । एसियाकै धनाढ्य चिनियाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक माले शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाभाइरस रोकथामका लागि १० लाख ‘मास्क’ र ५ लाख टेस्टिङ किट्स सहयोग गर्ने भएका छन्।
ज्याक माले आफ्नो ट्विटरमार्फत यस्तो जानकारी गराएका हुन्। उनले मास्क र टेस्टिङ किट्स तयारी अवस्थामा रहेकोले तत्कालै अमेरिकी पठाइने बताएका छन्। ‘मेरै देश (चीन) यो भाइरसले मानवीय जीवनमा पारेको प्रभावबाट यतिबेला यो भाइससँग लड्न यी सामग्री निकै आवश्यक रहेको महसुस गरेको छु’, उनले भने, ‘मलाई विश्व छ कि मेरो यो सहयोगले अमेरिकीलाई जनता यो भाइरससँग लड्न थोरै भए पनि मद्दत पुग्नेछ।’
ज्याक माको यो सहयोगको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी आपतकालीन घोषणा गरेको केही घन्टामै आएको हो।
यसअघि ज्याक माले जापान र इरानलाई १०/१० लाख मास्क पठाइसकेका छन्। त्यस्तै युरोपमा १८ लाख मास्क र १ लाख टेस्टिङ किट्स पाठउने तयारीमा ज्याक मा छन्।
चीन विश्वमै मास्क निर्तात गर्ने मुलुक पनि हो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19