काठमाण्डौ । कोरोनाभाइरसविरुद्धको चिनियाँ भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल थप चार देशमा गरिने भएको छ।
चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोभ्याक बायोटेक लिमिटेडले भ्याक्सिनको अन्तिम ट्रायल थप चार देशमा गर्ने अनुमति दिएका हुन्। चीनले यो भ्याक्सिनलाई दु्रतगतिमा परीक्षण बढाउन विश्वका विभिन्न देशमा ट्रायल गरिरहेको छ।
चीनले सर्बिया र पाकिस्तानलाई आफ्नो यो भ्याक्सिनको तेस्रो चरणको ट्रायलका लागि सहमत हुने देशमा सहभागी गराएको छ। ट्रायलका लागि अन्य दुई देशबाट पनि केही महत्वपूर्ण डेटाहरु माग गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन्।
सर्बियामा सीएनबीजीका दुई युनिटले तयार परेका भ्याक्सिनको ट्रायल हुनेछ। वुहान र बेइजिङको सीएनबीजी युनिटमा तयार गरिएको भ्याक्सिन सर्बियामा परीक्षण हुने भएको हो।
त्यस्तै पाकितानमा भने बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन ट्रायल हुनेछ।
सीएनबीजीको अन्तिम चरणको यो ट्रायलमा १० देशका करिब ५० हजार मानिस सहभागी हुने सम्भावना रहेको बताइएको छ। यसअघि यूएई, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा चिनियाँ भ्याक्सिनको अन्तिम ट्रायल सुरु भइसकेको छ।
अहिले चीनमा कोरोना संक्रमणको मामिला निकै कम छ। जसका कारण चीनले उत्पादन गरेको भ्याक्सिनको परीक्षण स्वदेशमै सम्भव नभएर अन्य देशमा गर्नुपर्ने अवस्था आएको हो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19