काठमाण्डौ । चिनीको उपभोक्ता मूल्य घट्ने भएको छ। 

सरकारले चिनीको भन्सार महसुल १० प्रतिशतले घटाएसँगै उपभोक्ता मूल्य पनि घट्ने भएको हो। 

सरकारले ल्याएको आर्थिक विधेयक २०८०मा चिनीमा लाग्दै आएको भन्सार महसुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरिएको हो। सरकारले यो निर्णयले अब बजारमा भारतीय चिनी सस्तोमा भित्रिन सक्छ। 

सरकारले चिनी, सख्खर भेली र सुगर क्युबसहितका वस्तुको भन्सार महसुल १० प्रतिशतले घटाएको छ।