काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट यही बिहीबार हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट गर्ने भएको हो। ‘आईपीओ बाँडफाँट कार्यक्रम दिउँसो १ बजे आरबीबी मर्चेन्टकै कार्यालयमा गर्ने तयारी भइरहेको छ’, आरबीबी मर्चेन्टका एक अधिकारीले भने, ‘बाँडफाँट गर्न लागेकोबारे धितोपत्र बोर्डमा जानकारी गराइसकेका छौँ।’
यो आईपीओ प्रि–अलोटमेन्टको काम सोमबार सकिएको थियो।
चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आईपीओ बिक्री खुला गरेको थियो। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १२ लाख १२ हजार ६४५ आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका छन्।
यो आईपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ। यस हिसाबले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
चिरख्वा हाइड्रोपावरको आईपीओमा ११ लाख बढी आवेदकको हात खाली हुने देखिएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19