काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत असोज २३ गतेदेखि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्ममा आवेदन दिन सकिनेछ। 

सर्वसाधारणले यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सकिनेछ।

सीडीएस एन्ड क्लियरिङका अनुसार बिहीबार साँझसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ११.१३ गुणा बढी आवेदन हो। 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।