काठमाण्डौ । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडले करिब ३ लाख कित्ता आईपीओ ल्याउने भएको छ। 

कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ ल्याउने भएको हो। 

कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा चिलिमे इन्जिनियरिङबाट प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापा र सिद्धार्थ क्यापिटलका तर्फबाट सन्दीप कार्की हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रम सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा भएको थियो।