काठमाण्डौ ।चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव हो ।
कम्पनीको चुक्तापूँजी ७ अर्ब २५ करोड ८१ लाख छ । प्रस्तावित लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
कम्पनीले आगामी पुस २० गते साधारणसभा बोलाएको छ । यसैगरी, कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago