काठमाण्डौ । चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षकाल प्रास्ताव गरेको कुल २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (मंसिर २९ गते) बाट बुक क्लोज गर्दैछ । यसको अर्थ आज (मंसिर २८ गते) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र १० प्रतिशतका दरले नै नगद लाभांश रहेका छन्।
कम्पनीको वार्षिक साधारणसभा आउँदो पुस १२ गते हुनेछ। यही सभाले लाभांश अनुमोदन गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago