काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि सोमबार चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १० प्रतिशत बोनस सेयरका लागि चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५७० रुपैयाँ कायम गरेको छ। यसअघि कम्पनीको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६२७ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र १० प्रतिशतका दरले नै नगद लाभांश रहेका छन्।
कम्पनीको वार्षिक साधारणसभा आउँदो पुस १२ गते हुनेछ। यही सभाले लाभांश अनुमोदन गर्नेछ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज (मंसिर २९ गते) बाट बुक क्लोज गर्दैछ । यसको अर्थ हिजो (मंसिर २८ गते) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19