काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण चमेरोबाट मानिसमा सरेको भन्ने तथ्यलाई प्रमाणित गर्न र अन्य सम्भावित भाइरसहरुबारे जानकारी लिन वैज्ञानिकहरु लागिपरेका छन्।
अनुसन्धानकै क्रममा केही दिनअघि चीनको दक्षिण पश्चिम युुनान प्रान्तमा रहेको विशाल गुुफामा प्रवेश गर्नुुअघि वैज्ञानिकहरुको एउटा सानो टोली प्रवेश गर्यो। टोलीका सदस्यले शरीरका छालाको प्रत्येक इन्च ढाक्ने गरी किटनाशक कपडा, फेस मास्क र बाक्लो पन्जा लगाएका थिए। उनीहरु चमेरोको शरीरको तरल पदार्थ र मूत्रको नमुना संकलनका लागि गुफा प्रवेश गरेका थिए। यसबाट घातक भाइरसहरुका बारेमा उजागर गर्न सहयोग पुग्छ।
गुुफामा टाउकोमा हेडलाइट जडान गरेर वैज्ञानिकहरुले अन्धकारमय गुुफाको प्रवेशद्वारमा जालो बिछ्छाएका थिए। त्यसपछि उनीहरु धैर्य गर्दै साँझको पर्खाइमा बसे। जब सूर्यास्त भयो हजाराँै चमेराहरु आहाराको खोजीमा गुुफाबाट बाहिरिन थाले र वैज्ञानिकहरुले बिछ्याएको जालोमा पर्न थाले।
वैज्ञानिकहरुले आफूहरुले बिछ्याएको जाल संकलन गर्न थाले र चमेराहरुलाई एउटा हल्का बेहोस बनाउने औषधिले लठ्याउन थाले र चमेरोका पखेटाबाट सावधानीपूर्वक रगत निकाल्न थाले। “हामीहरुले चमेरोका मुुख र मलको स्वाब र ड्रपिङ संकलन गर्यौँ”, अमेरिकी एनजीओ इको हेल्थ एलायन्समा कार्यरत नयाँ भाइरसको खोजी र महामारीको रोकथाम गर्ने विशेषज्ञ पिटर डास्जकले भने।
डास्जक एक भाइरस हन्टर हुुन्। विगत १० वर्षदेखि नयाँ प्याथोगेन्स्को खोजी र अर्काे ठूलो महामारीबाट बच्नका लागि चमेरोको गुफा चहार्दै उनले विश्वका २० देशहरुको भ्रमण गरिसकेका छन्।
अहिले डास्जक विशेषतः नयाँ कोरोनाभाइरसको खोजमा लागिरहेका छन्। डास्जक र उनीजस्ता अन्य वैज्ञानिकहरुले सम्पूर्ण ज्ञात जनावरमा पाइने भाइरसहरुका बारेमा जानकारी दिएका छन् जसले वैज्ञानिकहरुलाई कुुन भाइरसले मानिसलाई अत्यधिक प्रभावित पार्न सक्छ भन्ने पूर्वानुुमान लगाउन सजिलो हुुनेछ।
यसका साथै अहिले देखिएको कोभिड १९ जस्तै महामारीका लागि विश्वलाई तयार गर्ने सक्ने विश्वास लिइएको छ। “हामीले १५ हजारभन्दा धेरै चमेरोको नमुुना संकलन गरेका छौँ, जसले करिब ५ सय नयाँ कोरोनाभाइरसको पहिचान गर्न सहयोग पुुर्याएको छ”, डास्जकले भने।
डास्जकले सन् २०१३ मा चीनको गुुफामा पत्ता लगाएको एक भाइरस अहिले देखिएको काभिड १९ को सम्भावित पूर्वज हो।
सन् २००३ को सार्स महामारी फैलनुुभन्दा अगाडि कोरोनाभाइसको अनुुसन्धानले त्यति ध्यान तानेको थिएन। “यसलाई त्यतिबेला मेडिकल अनुुसन्धानको आकर्षक शाखा मानिन्थेन”, डियुुक–एनयूएस सिंगापुरमा भाएरोलोजिस्टका रुपमा कार्यरत वाङ लिन्फाले भने।
वाङले इको हेल्थ एलाइन्सले संकलन गरेका नमुुनाहरुलाई विश्लेषण गर्न यन्त्र विकास गरेका थिए। सन् २००३ पूर्व जम्मा दुुईवटा मानव कोरोनाभाइरसहरुको मात्रै पहिचान भएको थियो। यी भाइरसहरु सन् १९६० को दशकमा पत्ता लागेका थिए।
भाइरसको उत्पत्ति र तिनले निम्त्याउने सम्भावित महामारीका बारेमा पूर्वानुुमान लगाउन सन् २००९ मा यूएस एडको कोषद्वारा सञ्चालित प्रिडिक्ट नामक संस्था स्थापना भएको थियो। यसको नेतृत्व युुनिर्भसिटी अफ क्यालिर्फोनिया डेभिसले गरेको छ। यसका साथै यसमा इको हेल्थ एलाइन्स, स्मिथसोनियन इन्स्टिच्युुट, वाइल्ड लाइफ कन्जरभेटिभ सोसाइटी र मेटाबायोटा कम्पनी पनि समावेश छन्।
मेटाबायोटा क्यालिर्फोनियाको कम्पनी हो। जसले इपिडेमिक ट्रयाकर विकास गरेको थियो। यो संस्थाले नयाँ जुुनोटिक सम्बन्धित रोगका साथै कोरोनाभाइरसहरु मानिसमा फैलनुुपूवै त्यसको पहिचान र प्रतिक्रिया अवलम्बन गर्ने काम गर्दछ।
सञ्चालनको १० वर्षको अवधिमा यस संस्थालाई करिब २०० मिलियन डलर प्रदान गरिएको छ। यो संस्थाको स्थापनापछि कोभिड १९ सहित पाँचवटा नयाँ कोरोनाभाइरसहरुको पहिचान भइसकेको छ।
डास्जकका अनुुसार चमेरोमा करिब १५ हजारजति भाइरसहरु रहेका छन्। जसमध्ये अहिलेसम्म केही मात्रैको पहिचान भएको छ।
यतिबेला डास्जकको संस्थाले दक्षिणपूर्वी चीनका गुुफाहरुमा रहेका चमेरोका ठूला बासस्थानमा आफ्नो खोज र अनुुसन्धान केन्द्रित गरिरहेको छ। “हामीले सुुरुआतमा चीनलाई केन्द्र बनाएका छौँ किनकि हामी सार्सको उत्पत्तिका बारेमा जान्न चाहन्छौँ’, उनले भने, ‘हामीलाई यहाँ सयौँ घातक कारोनाभाइरसहरु मौजुुद रहेको महसुुस भएपछि हामीले हाम्रो ध्यान चीनमा केन्द्रित गरेका छौँ।”
प्रिडिक्ट ३१ वटा देशहरुमा सञ्चालित रहेको छ। भाइरस हन्टरसँग सम्बन्धित स्मिथसोनियन इन्स्टिच्युटको अर्काे टिम पनि अहिले आफ्नो खोज र अनुुसन्धानलाई म्यान्मार र केन्यामा केन्द्रित गरेको छ। “हामीले म्यान्मारमा अहिलेसम्म ६ वटा नोभेल कोरोनाभाइरस पहिचान गरिसकेका छौँ”, स्मिथसोनियन इन्स्टिच्युुटका ग्लोबल हेल्थ प्रोग्रामकका प्रमुुख सञ्चालक सुुजान मुुर्रेले भने, “यी क्षेत्रहरु धेरै जैविक विविधता भएको, बढ्दो मानव जनसंख्याको प्राकृतिक बासस्थान र राम्रो ट्राभल नेटवर्क भएको क्षेत्रहरु हुुन। जसले गर्दा यहा भाइरस जनावरबाट मानिसमा फैलन सक्ने सम्भावना एकदमै उच्च रहेको छ।’
डास्जकका अनुुसार दक्षिणपूर्वी एसिया र चीनको ठूलो जनसंख्या सिकार र बिक्रीवितरणका माध्यमबाट जंगली वन्यजन्तुुको सम्पर्कमा आइरहने गर्दछ। यसका साथै जंगली वन्यजन्तुु खाने ठूलो जनसंख्या पनि यहाँ रहेको छ। जसका कारण उनीहरुमा भाइरसको संक्रमण फैलने सम्भावना एकदमै उच्च रहेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago