काठमाण्डौ । विश्व महामारी कोरोनभाइरसको संक्रमण जाँच गर्ने र चिकित्सक सुरक्षाका लागि आवश्यक सामग्री चीनबाट आइतबार बिहान काठमाण्डौ आइपुगेको छ।
चीनबाट ती सामग्री बोकेर नेपाल एयरलाइन्सको वाइड बडी जहाजमा बिहान करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाली ध्वजावहाक जहाज हिजो शनिबार मध्याह्न ती सामग्री लिन चीनको ग्वाङ्झाओ प्रस्थान गरेको थियो।
चीनबाट ल्याइएको सामग्रीमा कोरोना परीक्षण किट, कोरोना जाँचमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोसाक (पीपीई), गगल्स, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु लगायत छन्।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले पठाएको पीपीई, थर्मोटिरलगायत आपतकालीन सामग्री आज आइतबार काठमाण्डौ आइपुग्ने बताएकी छन्। उनका अनुसार ती सामग्री बोकेको जाहाज चीनबाट काठमाण्डौका लागि हिँडिसकेको छ।
सिचुवान प्रदेश र चिनियाँ दूतावासबाट प्राप्त हुने सामग्री १.१ मेट्रिक टन् छन् भने दुई फाउन्डेशनले उपलब्ध गराएको समान १.४ मेट्रिक टन हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago