काठमाण्डौ । अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण नेगेटिभ देखाउन अनिवार्य गरेको छ।
अमेरिकाले जनवरी ५ बाट चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई कोरोनाको नेगेटिभ परीक्षण देखाउन अनिवार्य गरिने जनाएको छ। ता कि कोभिडको फैलावटलाई नियन्त्रण गर्न सकियोस्।
अमेरिकी स्वास्थ्य मन्त्रालयले हवाई यात्रा गर्नेहरुले दुई दिनभन्दा बढी पुरानो कोरोनाको परीक्षण नेगेटिभ देखाउनुपर्ने जनाएको छ। उडान भर्नुभन्दा १० दिन अघि कोरोना पोजेटिभ आएकाले निको भएको प्रमाण देखाउनुपर्ने पनि बताए।
चीनले अर्को सातादेखि आफ्नो सीमा खोल्ने घोषणा गरेको छ। यससँगै चीनमा मानिसहरु विदेश भ्रमणका लागि ठूलो संख्यामा बुकिङ गरिरहेका छन्। तर, चीनमा कोरोना संक्रमण बढ्दै गएपछि धेरै देशले चीनबाट आउने यात्रुका लागि नियम कडा बनाएका छन्।
अमेरिकाबाहेक इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि नियम परिवर्तन गरेका छन्।
तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट यात्रा नियमहरु खुकुलो घोषणा गरेको छ।
चीनले कोरोना संक्रमणसँग सम्बन्धित नियम ‘वैज्ञानिक आधारमा’ लिइएको जनाएको छ। चीनले केही देश र तिनका मिडियाले अवस्थालाई बढाइचढाइ गरेको आरोप पनि लगाएका छन्।
यसैबीच बेलायतले यात्रुहरुका लागि परीक्षण सुरु गर्ने वा अन्य कुनै नियम बनाउने योजना नभएको जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19