china floods
एजेन्सी । चीनमा लगातारको भारी वर्षा र बाढीका कारण २६ प्रान्तका करिब ३ करोड २० लाख जनता डूबानको चपेटामा परेका छन् भने यो क्रममा १८६ जनाको मृत्यु भइसकेको छ ।
बीबीसीका अनुसार लगातारको भारी वर्षा कम भएपछि हाल सुरक्षाकर्मीहरु राहात तथा उद्धार कार्यमा जुटेका छन् । तर वर्षाको संभावना अझै रहेका कारण अवस्था थप जटिल बन्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।
चीनको दक्षिणी प्रान्त हुबईको बुखान इलाकामा बाढीले तहसनहस बनाएको छ । यो इलाका चीनको सबैभन्दा लामो नदी याङ्गत्सीसँग जोडिएको क्षेत्र हो ।
चीनको राज्य बाढी नियन्त्रण तथा अकाल राहात विभागका अनुसार ३ जुलाईसम्ममा यहाँ १८६ जना व्यक्ति मारिएका छन् । ४५ जना अझै बेपत्ता छन् र १४ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
यो बाढीमा ५६ हजार घर पूर्ण रुपमा ध्वस्त भएका छन्।
बुखान इलाकामा पानी र बिजुलीका आपूर्ति पूर्ण रुपमा ठप्प भएको छ । यसका कारण दक्षिण चीनमा रहने करीब एक करोड व्यक्तिको जनजीवन ठप्प बन्न पुगेको छ ।
बुधबार पनि त्यहाँ जलवायु विज्ञहरुले थप वर्षा हुने भन्दै रेड अलर्ट जारी गरिदिएका छन् । बुखान इलाकामा पछिल्लो एकसातामा मात्रै ६०० मिलीमिटर(एमएम)भन्दा बढी बर्षा भइसकेको छ । यो शहरको इतिहासमै यति धेरै पानी परेको थिएन ।
चीनमा बाढीले मच्चाएको उथलपुथलसँग सम्बन्धित तस्विरहरु हेर्न तल जानुहोस् ।
तस्विर स्रोत : एएफपी, रोयटर्स, एपी, गेट्टी,सिन्ह्वा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19