काठमाण्डौ । वुहानबाट सुरु भएको कोरोना संक्रमणबाट विश्व जुधिरहेको बेला चीनमा एउटा अर्काे नयाँ संक्रामक रोगले पाइला टेकेको छ।
पूर्वी चीनमा फैलिएको यो भाइरसको संक्रमणबाट सातजनाको मृत्यु भइसकेको छ भने ६० जना संक्रमित भइसकेका छन्। चीनको सरकारी मिडियाले बुधबार यो नयाँ संक्रमण मानिसहरुबीच फैलन सक्ने आशंका जनाएको छ।
पूर्वी चीनको जियांग्यु प्रान्तमा पछिल्लो ६ महिनाको अवधिमा एसएफटीएस भाइरसबाट ३७ जनाभन्दा धेरै संक्रमित भइसकेका छन्।
यसैगरी पूर्वी चीनकै अन्हुई प्रान्तका पनि यो भाइरसबाट २३ जना संक्रमित भइसकेको कुरा सार्वजनिक भएको छ। एसएफटीएस भाइरसबाट संक्रमित जियांग्युको राजधानी नानजियांगकी एक महिलालाई सुरुमा खोकी र ज्वरोको लक्षण देखिएको थियो। एक महिनाको उपचारपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको थियो।
रिपोर्टका अनुसार यो भाइरसबाट अन्हुई तथा झेजियांग प्रान्तमा कम्तीमा पनि सातजनाको मृत्यु भइसकेको छ। तथापि एसएफटीएस भाइरस नयाँ भने होइन।
चीनमा सर्वप्रथम यो भाइरस सन् २०११ मा पत्ता लागेको थियो। भाइरोलोजिस्टका अनुसार यो भाइरस जनावरहरुको शरीरमा टाँसिएर बस्ने किर्नाबाट मानिसमा सर्ने गर्दछ।
केही समयअघि चीनमा ब्युबानिक प्लेग फैलिएको मामिला सार्वजनिक भएको थियो। यसलाई लिएर चीन सरकारले चेतावनी नै जारी गरेको थियो। चीनको पश्चिम मंगोलियामा एक १५ वर्षको युवकको यो संक्रमणबाट मृत्यु भएको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago