काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस (कोभिड–१९) बाट अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या चीनमा भन्दा बढी भएको छ।
अमेरिकामा मंगलबार रातिसम्म ३ हजार ६०६ जनाको मृत्यु भइसकेको छ। जब कि कोरोनाभाइरसको इपिसेन्टर चीनमा ३ हजार ३०९ जनाको ज्यान गएको छ।
अमेरिकामा सबैभन्दा बढी न्युयोर्क सहरमा ९३२ जनाको ज्यान गएको छ। त्यस्तै न्युर्जीमा २४७ र वासिङ्टनमा १५० जनाको ज्यान गइसकेको छ।
जोन हाप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या चीनभन्दा दुईगुना बढी भइसकेको छ। अमेरिकामा हालसम्म १ लाख ८७ हजार ९१९ जना संक्रमित फेला परेका छन्। चीनमा भने अहिलेसम्म ८२ हजार २७८ जना संक्रमित फेला परेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकी जनताका लागि आउने दुई साता निकै चुनौतीपूर्ण रहने बताएका छन्। ‘देशमा अहिले अभूतपूर्व चुनौती देखिएको छ, हामी एउटा घातक भाइरससँग युद्ध लडिरहेका छौँ’, ट्रम्पले भने, ‘हामीले एकजुट भएर यो भाइरसविरुद्ध युद्ध लड्नुपर्छ।’
यसैबीच अमेरिकी सरकारका संक्रामक बिरामी विशेषज्ञ डा एन्थोनी फाउचीले घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। यसअघि अमेरिकी सरकारले मास्क अनिवार्य रुपमा लगाउन अपिल गरेको थिएन।
जानकारहरुले भने अबको ३० दिनसम्म सोसल डिस्टिेन्सिङ पालना गरेमा अमेरिकामा संक्रमितको संख्यामा कमी आउने बताएका छन्।
पत्रकार सम्मेलनमा ह्वाइट हाउसमा कोरोना भाइरस मामिला संयोजक डा डेबोरा ब्रिक्सले भने ताजा आँकलनका अनुसार अमेरिकामा कोरोबाट १ देखि २ लाख जनताको ज्यान जान सक्ने चेतावनी दिएका छन्। ‘अहिले पनि केही अमेरिकी नागरिक कोरोना संक्रमणको खतरालाई हल्का रुपमा लिइरहेको छन्’, उनले भने, ‘यस्तो अवस्थामा १ देखि २ लाखसम्म मानिसको ज्यान जान सक्ने अनुमान गर्न गाह्रो हुँदैन।’ – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago