काठमाण्डौ । उत्तरी छिमेकी चीनसँग जोड्ने चार महत्वपूर्ण सडक दुई वर्षभित्रै बनाउने प्रतिवद्धता सरकारले गरेको छ ।
गल्छी रसुवागढी, सीमिकोट हिल्सा, जोमसोम कोरला र खाँदवारी किमाथांका सडकमार्फत नेपाललाई चीनसँग जोड्ने गरी काम भइरहेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए ।
उनका अनुसार गत वर्षको भारतीय नाकाबन्दीको पाठले नेपाललाई चीनसँग जोड्नैपर्ने बाध्यता बनाएको छ ।
राजनीतिक नेतृत्वले विगतको आवश्यकता र भोलीको सम्भावना नभुले चाँडै चीसँग सडक सञ्जाल पुग्ने कार्कीले बताए । उनका अनुसार आगमी दुई वर्षभित्र सडक पहुँच पुर्याउन विभागले आवश्यक योजनासहित काम गरिरहेको आजको अन्नपूर्णमा समाचार छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago