काठमाण्डौ । नेपालले कोरोना संक्रमितको कुल संख्यामा चीन र जापानलाई पनि जितेको छ । 

कोरोना संक्रमणको उद्गमस्थल चीन हो । 

पछिल्लो २४ घण्टामा नेपालमा २२५३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्यामा चीन र जापानलाई पनि पछाडि पारेको हो । 

नेपालमा आइतबारसम्म कुल कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । 

तर, चीनको कुल संक्रमितको संख्या ८५ हजार ४५० र जापानको ८४ हजार ७६८ रहेको छ । 

एकदिनमा चीनमा १६ जना संक्रमित थपिएका छन् । तर, नेपालमा २२५३ थपिएका छन् ।

चीनमा कुल मृत्यु ४ हजार ६३४ रहेको छ । तर, नेपालमा चीनभन्दा बढी संक्रमित हुँदा पनि मृत्यु हुनेको संख्या भने ५३५ मात्र रहेको छ । आइतबार थप ७ जनाको मृत्यु भएको हो । 

जापानमा पनि हालसम्म १ हजार ५९० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । कुल संक्रमितको संख्या चीन र जापानभन्दा बढी भए पनि मृत्युको संख्या अत्यन्तै न्यून हुनुले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर अत्यन्त कम रहेको देखाउँछ ।