काठमाण्डौ । चीनमा कोरोनाभाइरसको सबैभन्दा पहिलो सिका बनेको वुहान सहरमा अहिले अवस्था सुधारोन्मुख देखिएको छ। तर चीनकै एउटा सहर फेरि लकडाउन गर्न बाध्यात्मक अवस्था सिर्जना भएको छ।
पछिल्लो समय चीनको हेलोनजियाङ प्रान्तको हर्बिन सहरमा कोरोनाको मामिला बढ्न थालेको छ। त्यहाँ करिब ४ हजार मानिसको टेस्ट गर्ने योजना बनिरहेको छ।
टेस्टिङअघि नै हार्बिन सहर लकडाउन गरिएको छ। विशेष गरी बाहिरबाट आउने मानिसमा बढी ध्यान केन्द्रित गरिएको छ।
स्वास्थ्य अधिकारीहरु यो कुरा विशेष ध्यान दिइरहेका छन् कि यो भाइरस फालिन नदिन छिटोभन्दा छिटो रोक्न सकियोस्। ता कि कम्युनिटी ट्रान्समिसनको सम्भावना नरहोस्।
हर्बिनका स्वास्थ्य अधिकारीहरुले यो भाइरस एक २२ वर्षीया छात्राबाट त्यहाँ देखिएको हो। ती छात्रा अमेरिकाको न्युयोर्क सहरबाट गत १९ मार्चमा फर्किएर आएकी थिइन्। उनी फर्किने क्रममा हङकङ र पेइचिङहुँदै आएकी थिइन्।
आइसोलेसनका क्रममा ती छात्रामा कोरोना नेगेटिभ पाइयो तर अप्रिलमा उनमा कोरोनाको एन्टीबडी पोजेटिभ पाइो।
स्वास्थ्य अधिकारीहरुका अनुसार ती छात्राबाट उसका एक छिमेकी पनि कोरोना संक्रमित भएका छन्।
हर्बिन नर्थ इस्टर्न चीनको हेलोनजियाङ प्रान्तको रधाजनी हो। यहाँको आवादी १ करोड रहेको छ। त्यहाँ अहिले मानिसलाई एकसथा थुप्रिएर बस्न बन्देज लगाइएको छ। अत्यावश्यक कामका लागि सरकारी अड्डामा जाँदा पनि मानिसको तापमान नाप्नुका साथै फेस मास्क अनिवार्य गरिएको छ।
सामाजिक दूरी अपनाउन पनि उर्दी जारी गरिएको छ। विवाह, मृत्युसंस्कार र सभासम्मेलनमा पनि रोक लगाइएको छ।
बाहिरबाट आउने मानिस र गाडीलाई विशेष ध्यान दिन थालिएको छ। एयरपोर्ट र ट्रेन स्टेसनमा चेकपोइन्ट्स नै खडा गरेर मानिसको स्क्रिनिङ गर्न थालिएको छ।
कोरोना पोजेटिभ देखिएका र तिनको सम्पर्कमा रहेकाहरुलाई अहिले २८ दिनको क्वारेन्टाइनमा राख्न थालिएको छ।
त्यसो त हर्बिनमा रुसबाट पनि मानिसहरुको आवतजावत हुने गरेको छ।
यो प्रान्तममा हासम्म ५४० जनामा संक्रमण देखिएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago