काठमाण्डौ । नेकपा एमाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आफ्नो चुनावी घोषणा आज सार्वजनिक गरेको छ। 

काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच एमालेले २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका थिए।

एमालेले घोषणापत्रमा आगामी ५ वर्षमा गर्ने कामलाई २० ग्यारेन्टी गरेको छ। ती ग्यारेन्टीलाई एमालेले घोषणापत्रमा व्याख्या गरेको छ। 

यस्ता छन् एमालेले गरेको २० ग्यारेन्टी

  • पहिलो सेसनः समृद्धि अधिवेशन
  • नेपालीलाई मात्र नागरिकता
  • हंगर नो लंगर
  • उत्पादन स्वदेशीः बजार विदेशी
  • सुरक्षित छानाः पुग्छ सबैको चाहना
  • कमाइः युवाको रोजाइ
  • पढाइः भविष्यको जग बसाइ
  • सुगर–प्रेसरः भइन्न बिरामी औषधिबेगर
  • फ्री मिटरः १० हजार लिटर
  • फ्री युनिटः ५० युनिट
  • खेतबारीमा पानीः खाडीमा हैन स्वदेशमै लगानी
  • दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार
  • भूमिगत तारः सहर बजार
  • नो लाइनः सेवा अनलाइन
  • ५ लाख रोजगारः न्यूनतम ज्याला २५ हजार
  • समृद्धिसँगको नाताः सबैको बैंक खाता
  • स्वास्थ्य महिनावारीः १५ सय वर्षभरि
  • फाइभजी सञ्चारः आइटीमा चमत्कार
  • हामी समाजिकः सभ्य नागरिक
  • हाम्रो अर्थः १०० वर्ष