एजेन्सी – चुरोटमा पाईने निकोटिन सबैभन्दा बढी कूलत रसायन हो, जसका कारण चुरोट छोड्न गाह्रो पर्छ । चुरोट तथा सूर्तीजन्य पदार्थबाट उत्पन्न हुने निकोटिनले मांशपेशी र स्नायु कोष  बृद्धि हुनबाट रोक्नुको साथै स्मरण शक्तिमा अशर गर्छ ।  यसले रक्तचाप र मुटुको चाल बढाउँछ । हर्टअट्याक, स्ट्रोक र क्यान्सरको प्रमुख कारण धुम्रपान रहेको चिकित्सकहरुको भनाई छ । चुरोट सेवन छाड्नु आयू बृद्धी गर्न हो । चुरोट छाड्नुहोस् र निम्न कुरा खानुहोस् जसले तलतल हटाउन मद्धत गर्छ र निकोटिनको असर पनि कम गरिदिन्छ ।

पालुंगोः पालुंगोको सागमा भिटामिन बी ९ वा फोलिक एसिड हुने गर्छ । सागमा पाइने यो भिटामिनले शरिरभित्रको निकोटिनको असर कम गर्न र तलतल हटाउन मद्धत गर्छ ।

सुन्तालाः सुन्ताला सिट्रस वर्ग अन्तर्गत पर्ने महत्वपूर्ण फल हो । निकोटिनले शरिरमा भिटामिन सीको मात्रा घटाइदिन्छ । त्यसैले प्रशस्त सुन्ताला वा भिटामिन सी पाइने अमलालगायत अमिला फलफूलले निकोटिनको तल–तल घट्छ ।

ब्रोकाउलीः ब्रोकाउलीमा उच्च मात्रामा भिटामिन बी ५ पाइन्छ । शरिर भित्रको महत्वपूर्ण प्रक्रियालाई नियन्त्रण गर्न भिटामिन बीको महत्वपूर्ण भूमिका हुन्छ । शरिरमा भिटामिनको बी को मात्रा पर्याप्त नभएमा शरिरले अपेक्षा गरे अनुसारको प्रतिकृया जनाउँदैन । ब्रोकाउली खाँदा भिटामिन बी को पूर्ती हुन्छ र मेटाबोलिजमलाई सशक्त बनाउँछ तथा फोक्सोलाई निकोटिनले गर्ने हानीबाट  जोगाउँछ । यसबाट पनि तलतल कम गर्न सकिन्छ ।

अदुवाः अदुवाले निकोटिनका कारण शरिरमा उत्पन्न हुने विकार फाल्न सहयोग गर्छ । निकोटिनको तलतलबाट मुक्ती पाउन अदुवालाई भान्साको महत्वपूर्ण अंश बनउनुहोस् । अदुवाले रक्त नलिमा हुने विषादीलाई हटाई स्वस्थ तौल कायम राख्न सहयोग गर्छ । धुमपान त्यागेपछि शरिरभित्र जम्मा भएको निकोटिन हटाउन अदुवाले महत्वपूर्ण भूमिका खेल्छ ।

गाजरः  नियमित  धुमपान गर्ने मानिसको शरिरबाट भिटामिन सी र भिटामिन ए गुम्छ । धुमपानले रक्त प्रबाह, स्नायुको कोष र दिमागको कार्यलाई अशर गर्छ । प्रशस्त गाजरबाट पाइने भिटामिन के, सी र ए ले निकोटिनको असरलाई कम गरी शारिरिक र मानसिक स्फूर्ती प्रदान गर्छ ।

कागतीः निकोटिनसँग जुध्ने महत्वपूर्ण तत्व हो कागती । तपाईले धुमपान गरेको निकोटिन शरिरमा तीन दिन दिनसम्म रहन्छ । निकोटिनका कारण विग्रिएको छालाको कोषले रोग प्रतिरोधात्मक क्षमता घटाउछ । कागतीले छाला रोगलाई पनि निको गराउछ । साईट्रिक एसिड र भिटामिन सीले निकोटिनको अशरबिरुद्ध जुध्न सहयोग गर्छ । यसले तलतल पनि कम गर्छ ।

अनारः धुमपानले मुटुको चाल र रक्तचाप बढाउनुका साथै रक्त नलिमा अक्सिजनको तह घटाउछ । प्रशस्त मात्रामा अनार खाएर यसको अशर न्युन गर्न सकिन्छ ।

गहुँको अंकुरः गहुँको अंकुरमा पाइने भिटामिन इ ले रक्त प्रबाहलाई सहज बनाउछ । गंहुको अंकुरले मुटुरोगको जोखिम पनि घटाउछ । यसबाट पनि तलतल कम गर्न सकिन्छ ।