काठमाण्डौ । सर्वोच्च अदालतको आदेशपछि आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा न्यायिक हिरासतमा छन् । उनीविरुद्ध कर फछ्र्यौट आयोगको आवरणमा १३ अर्ब बढीको भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । यो बीचमा चूडामणि शर्मा किन चूप भए ? के उनले अख्तियारको आरोप चूपचाप स्वीकार गरेका हुन् ? त्यासे होइन भने चूडामणि शर्मा चाहि आफूमाथि लागेको आरोपको बिषयमा के भन्दा हुन् ? 

कुनै पनि व्यक्ति दोषी प्रमाणित नभएसम्म उसका अभिव्यक्ति तथा तर्कलाई निषेध गरिनुुहुन्न भन्ने कुरामा हाम्रो समेत सहमति छ । अख्तियारको नजरमा नामुद भ्रष्ट देखिएका चूडामणि शर्मालाई विशेष अदालतले भ्रष्ट करार गरिसकेको छैन, यसर्थ उनी अहिलेसम्म एक आरोपी मात्र हुन् । कर फछ्र्यौट आयोगमार्फत राज्यले पाउने राजश्वमा मनपरी छुट दिई १३ अर्ब भ्रष्टाचार गरेका भनिएका चूडामणि शर्माको भनाई चाहि के होला ? उनले अख्तियारले असार २९ गते बिहीबार विशेष अदालत काठमाण्डौमा पेश गरेको आरोपपत्रमाथि ८ पृष्ठ लामो खण्डन पेश गरेका छन् । खण्डनमा चूडामणिले कर फछ्र्यौट आयोगले आफूलाई निर्दिष्ट क्षेत्राधिकार बमोजिम नै कार्यसम्पादन गरेको जिकिर गरेका छन् । 

उनले २०६३ सालमा गठित कर फछ्र्यौट आयोगले भन्ददा २०७१ सालमा गठित आफूहरु समेत सामेल आयोगले अत्यन्त बढी कर असूली गरी बक्यौता फछ्र्यौट गरेको प्रष्ट्याएका छन् । २०६३ सालमा करिब ११ प्रतिशत मात्र कर फछ्र्यौट भएकोमा २०७१ सालको आयोगले चाहि ४८ प्रतिशत कर फछ्र्यौट गरेको तथ्यांक पेश गरिएको छ । रमाइलो कुरा त के भने ११ प्रतिशत मात्र कर फछ्र्यौट गर्ने ०६३ सालको आयोगमा आन्तरिक राजश्व विभागको महानिर्देशकको रुपमा दीप बस्न्यात कार्यरत थिए र त्यो हैसियतले उनी त्यसबेला आयोगको सदस्य थिए । हाल दीप बस्न्यात अख्तियारको प्रमुख छन् । ११ प्रतिशत मात्र कर फछ्र्यौट गर्न सकेको आयोगको पूर्व सदस्यले नै ४८ प्रतिशत कर फछ्र्यौट गर्न सकेको आयोगका सदस्य सचिव चूडामणि शर्मालाई पक्राउ गरी १३ अर्ब भ्रष्टाचारको मुद्धा दायर गरिनुलाई एउटा संयोग मात्र मान्न नसकिने जानकार बताउँछन् ।

शर्माले आफूले बयानमा बोल्दै नबोलेको कुरालाई समेत आरोपपत्रमा राखेर फसाउन खोजिएको दाबी गरेका छन् । उनले कर बक्यौता फछ्र्यौट भनेको कसैलाई कर राजश्व छुट वा मिनाहा दिएको वा दिने भन्ने होइन भन्दै अगाडि भनेका छन्–‘प्रचलित कानून बमोजिम निर्धारण तथा असूल गर्नुपर्ने बक्यौता करहरु निर्धारण गरी असूल गर्ने अर्थात कर बक्यौता फछ्र्यौट गर्ने हो ।’ 

उनले आफूमाथि झूठो, निराधार र कपोकल्पित आरोप लगाइएको जिकिर समेत गरेका छन् । विशेष अदालतमा शर्माबाट पेश भएको खण्डनपत्र यस्तो छ :