काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभावित नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल चेम्बर अफ कमर्सले तयार गरेको विषयगत समष्टिगत बुँदा र सुझाव नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीलाई हस्तान्तरण गरिएको छ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिहीबार विषयगत समष्टिगत बुँदा र सुझाव मुख्यसचिव रेग्मीलाई हस्तान्तरण गरेका हुन्। त्यसमा चेम्बरले कोरोना प्रभावित अर्थ मौद्रिक तथा वित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई उकास्न बुँदागत रुपमा सरकारलाई सुझाव दिएको छ।
चेम्बरले तयार पारेको सुझावमा अब आर्थिक चलायमान गर्न लकडाउन पनि विस्तारै भौतिक र असर कम भएको ठाउँमा खुकुलो बनाउन आग्रह गरिएको छ। यसले आर्थिक चलयमान हुने चेम्बरको विश्वास छ।
अहिले काठमाण्डौमा भएको मान्छेलाई बाहिर जान दिन नहुने र बाहिरको मान्छेलाई पनि काठमाण्डौ आउन दिनु नहुने चेम्बरको सुझाव छ। ‘यहाँ उद्योग खुल्यो भने मजदुरहरुले यही रोजगारी पाउँछन्’, सुझावमा भनिएको छ।
मुख्य सचिव रेग्मीले समष्टि रुपमा आएको सुझावलाई अध्ययन गरेर यसलाई अब आउने बजेटमा पनि र बीच–बीचमा आउने मिटिङहरुमा उठाइदिने आश्वासन दिए। लकडाउनका विषयमा उनले यहाँ परिस्थिति हेरेर अगाडि बढ्ने बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago