काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडालगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ ।
चेम्बरको विपद् व्यवस्थापन कोष अन्तरगत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।
चेम्बरले आवश्यक सम्पुर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत सरकारले सञ्चालनमा ल्याएको एकद्वार प्रणालीमा सहयोग गन पनि बताएको छ ।
भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका पीडितलाई ती सामग्री वितरण गरिने छ ।सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामग्री वितरण गरिने अध्यक्ष मल्लको भनाइ छ ।
जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदना प्रकट गरेको छ ।
यसैगरी चेम्बरले जाजरकोट लगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुनरस्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई पनि आग्रह गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19