काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त भएका छन्। विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषदको सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो। 

नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासनसम्बन्धी ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले उल्लेख छ। विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्र्तगत रहेर नयाँ शैक्षिक पेसागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्वन्धमा आवश्यक निर्णय गर्नेछ। 

यस्तै स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा अनुसन्धान, पेसागत कार्यक्रम तय गर्ने कार्यविधि निर्धारण गरिएको छ। 

अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिविधि, व्यापार अनुभव एवं अर्थतन्त्रका बारे विद्यार्थीसँग अनुभव आदनप्रदानसमेत गर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।