काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको चैत महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। चैतमा यीमध्ये २ वटा योजनाको न्याभ बढ्दा एउटाको घटेको छ भने एउटा स्थिर रहेको छ। 

चैतमा इक्विटी फन्डको न्याभ बढे ९.८७ रुपैयाँ कायम भएको छ। गत फागुनमा यो योजनाको न्याभ ९.८५ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ३३ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ९९ करोड ७३ रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल नोक्सानी २ करोड ५१ लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल नोक्सानी २ करोड ९८ लाख रुपैयाँ थियो।

चैतमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि बढे ९.८२ रुपैयाँ कायम भएको छ। गत फागुनमा न्याभ ९.७८ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ३ करोड रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी १ अर्ब २ करोड रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल नोक्सानी ३ करोड ११ लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल नोक्सानी ३ करोड ५९ लाख रुपैयाँ थियो।

यसैगरी चैतमा ब्यालेन्सड् फन्ड–३ को न्याभ स्थिर रहँदै ८.४४ रुपैयाँ कायम भएको छ। गत फागुनमा न्याभ ८.४४ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ८८ करोड ५३ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ८८ करोड ८ लाख रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल नोक्सानी १ करोड ६३ लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल नोक्सानी १ करोड ६७ लाख रुपैयाँ थियो।

चैतमा फ्लेक्सी क्याप फन्डको न्याभ घटेर ९.६२ रुपैयाँ कायम भएको छ। गत फागुनमा न्याभ ९.६५ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत चैतसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल २७ करोड २२ लाख रुपैयाँ लगानी भएको छ। गत फागुन कुल लगानी २५ करोड २२ लाख रुपैयाँ थियो। 

चैतमा यो योजनाको कुल नोक्सानी १ करोड ७० लाख रुपैयाँ रहेको छ। गत फागुनमा यो योजनाको कुल नोक्सानी १ करोड ६२ लाख रुपैयाँ रहेको थियो।