काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आर.बी. हाइड्रोपावर कम्पनी लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि ४ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्कासन छिटोमा चैत्र २४ र ढिलोमा २०७७ वैशाख ९ गते बन्द हुनेछ। 

दोस्रो चरणमा कम्पनीले ६ लाख ३० हजार कित्ता सेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ। 

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको दर्शाउँछ।