काठमाण्डौ । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने १ अर्ब रुपैयाँबराबरको ‘सनराइज ब्लुचिप फन्ड’ का इकाइहरुको आउँदो चैत १ गतेबाट बिक्री खुलाइने भएको छ।
यस योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइका लागि बिक्री खुलाइनेछ। कुल इकाइमध्ये न्यूनतम १ करोड ५० अर्थात १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइनेछ।
यो बन्दमुखी योजनामा लगानीकर्ताहरुले न्यूनतम १०० इकाइ र अधिकतमा १ करोड इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा तथा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु वा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको यो योजनाको बिक्री बन्द छिटोमा चैत ४ गते र ढिलामा चैत १६ गते बैंकिङ समयपछि हुनेछ।
यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत फागुन १८ गते निष्कासन अनुमति दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19