काठमाण्डौ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर लिलामीमा राखिने भएको छ।

नेपाल बैंकको स्वामित्वमा रहेको सीआईटीको ४ लाख ६८ हजार ८२८ कित्ता सेयर आउँदो चैत ३ गतेबाट लिलामीमा राखिने भएको हो। लिलामीमा राखिने सेयरमा विद्यालयमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य १ हजार ५०२.५० रुपैयाँ तोकिएको छ। लगानीकर्ता न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सेयर संख्याका लागि कुनै हद नलाग्ने धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ।

बोलपत्र एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आउँदो चैत १७ गते बैंकिङ समयसम्म पेस गरिसक्नुपर्नेछ।