काठमाण्डौ । निर्माण व्यवसायीलाई यही चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्नुपर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखा आज एक सूचना जारी गर्दै निर्माण व्यवसायीहरुलाई यही चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न अवगत गराएको हो।
‘सार्वजनिक निर्माण कार्य गर्न दिइएको इजाजतपत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुन्छ’, सूचनामा भनिएको छ, ‘इजाजतपत्रको अवधि समाप्त भएको मितिले ३ महिनाभित्र नवीकरण गराउनुपर्दछ।’
उक्त ३ महिनाको अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्ने प्रावधान रहेको छ। ‘६ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ’, सूचनामा भनिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19