काठमाण्डौ । नेपालमा २४ घण्टाभित्र हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
दैनिकजसो संक्रमितको संख्या बढिरहेका कारण थप सजग बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा स्थापित २१ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा थप ३३४ नयाँ संक्रमितको पहिचान भएको हो । योसहित देशमा कुल संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । यीमध्ये २ हजार ४५० पुरुष र १८४ महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का ८(सबै), बागमतिका १२ जिल्ला, गण्डकीका ७ जिल्ला, प्रदेश ५ का ११ जिल्ला, कर्णालीका ६ जिल्ला र सुदुरपश्चिमका सबै ९ जिल्लामा कोरोना संक्रमण विस्तार भइसकेको छ । ७७ मध्ये ६५ जिल्लामा संक्रमित फेला परिसकेका छन् ।
कहाँ कति थपिए ?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा सुन्दरहरैंचा नगरपालिका एक २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साको पोखरियाका एक किशोरीमा संक्रमण देखिएको छ ।
यस्तै, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १८ जनाको स्वाब रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुमध्ये झापाको भद्रपुरस्थित क्वारेन्टिनमा बसेका ३ पुरुष, ताप्लेजुंग स्थायी ठेगाना भई हाल सुनसरीको भोक्राहास्थित क्वारेन्टिनमा बसेका एक पुरुष, मोरंग घर भई हाल भोक्राहाकै क्वारेन्टिनमा बसेका अर्का पुरुष, सप्तरीको राजविराज, हनुमाननगर, कंकालिनी, छिन्नमस्ता र शम्भुनाथ क्वारेन्टिनमा बसेका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
हेटौडा प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बाराको आदर्श कट्वालका १ महिला र एक पुरुषसहित कुल ९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, सिन्धुली कमलामाईका एक पुरुष तथा रौतहटको गुजराका १८ वर्षीय पुरुषमा समेत संक्रमण पुष्ट भएको छ ।
पोखरास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये म्याग्दीका एक पुरुष, बाग्लुंगका १० जना(एक महिलासहित), पर्वतका ४ पुरुष रहेका छन् ।
यस्तै, स्याङ्जाको कालीगण्डकीका एक पुरुषमा समेत संक्रमण देखिएको छ ।
सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा डोटीको सिलीगुडी पूर्वीचौकी गाउँपालिकाका एक महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । सबै संक्रमित बाँकेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका ती संक्रमित सबै पुरुष रहेका छन् ।
यस्तै, काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा १७ जना नयााँ संक्रमित पहिचान भएका छन् । ती सबै कपिलवस्तुको कृष्णनगरका पुरुष हुन् ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । ती सबै दाङका हुन् । दाङको राजपुर गाउँपालिका, बंगलाचुली, घोराही, बबई लगायतका क्षेत्रका रहेका छन् । संक्रमितमध्ये एक महिला र बाँकी पुरुष रहेका छन् ।
त्यसैगरी, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १०६ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये दैलेखका ५ वर्षीया बालिकासहित ५ महिला र ४ वर्षे बालकसहित १०० पुरुष रहेका छन् । मुगुको खत्याडका एक पुरुषमा समेत कोरोना देखिएको छ ।
विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाको कचनकवलका २ पुरुष तथा खोटाङको हलेसीका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक प्रयोगशाला सुर्खेतमा ८ जनामा संक्रमण देखिएको छ । ती सबै दैलेखकै हुन् । दैलेखको नारायण नपा, नौमूले गाउँपालिकाका २ वर्षका बालक र बाँकी सबै पुरुष छन् ।
काठमाण्डौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
तीमध्ये बारा महागडी माई नपा, विश्रमापुर र सुवर्ण गाउँपालिकाका ५ जना, धनुषा जनकपुरका ६ जना(एक महिला र बाँकी पुरुष), कपिलवस्तुको यशोधरास्थित ओडरी मावि, जनचेतना माविको क्वारेन्टिनमा रहेका १२ जना(एक महिलासहित), महोत्तरीको भंगा नपाका ३ पुरुष, रौतहटको स्थानगज्रा, गढीमाई, दुर्गा भगवती क्षेत्रका ६ महिने बालिकासहित ३ महिला र ८ वर्षे बालकसहित ६१ पुरुष गरी कुल ६४ जनामा संक्रमण देखिएको छ ।
सर्लाहीको श्री प्रावि क्वारेन्टिनमा बसेका ३ पुरुष समेत संक्रमित भएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago