काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा काठमाण्डौ उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन् । 

अन्य दिनको झै सबैभन्दा बढी काठमाण्डौ जिल्लामा संक्रमित भेटिएका छन् । यो अवधिमा काठमाण्डौमा ४८३ संक्रमितको पहिचान भएको हो । 

यस्तै, भक्तपुरमा हालसम्मकै सबैभन्दा बढी ८१ संक्रमित थपिएका छन् । 

ललितपुरमा भने ३३ संक्रमित मात्र थपिएका छन् । 

पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा ३ महिला र ६ पुरुष रहेका छन् ।

मृतक महिलाहरुमा काठमाण्डौ(६५, ६५) र कास्की(४५) रहेका छन् भने पुरुषहरुमा मोरंग(६९), काठमाण्डौ(५९, ७०, ६४, ५९ र सिन्धुपाल्चोक(५९) रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।