काठमाण्डौ । गत २४ घण्टाको अवधिमा हालसम्मकै धेरै कोरोना संक्रमित निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा देशभरका अस्पतालबाट ६ हजार ८९१ संक्रमित निको भएका हुन् । 

यो अवधिमा देशभर २० हजार २८६  नमूनाको पीसीआर विधिबाट र ६९३ को एन्टीजेनबाट परीक्षण गरिएकोमा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको छ । योसहित हाल नेपालमा कुल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । 

यस्तै, निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । 

यो अवधिमा देशभरका १९६ संक्रमितको ज्यान गएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ५ हजार ४११ पुगेको छ । 

हाल देशभर १ हजार ५९० संक्रमित आइसियूमा रहेका छन् भने तीमध्ये ३९० को भेन्टिलेटरमा उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म आरटी पीसीआर विधिबाट भएका कुल परीक्षणमा संक्रमणदर १६.८ प्रतिशत रहेको छ भने मृत्युदर १.५ प्रतिशत पुगेको छ ।