काठमाण्डौ । छाँयादेवी कम्प्लेक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा आज छाँयादेवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
कम्पनीले हाल काठमाण्डौको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ। छाँयादेवी कम्पलेक्सको कूल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिटभन्दा बढी रहेको छ। जसअन्र्तरगत २०० वटा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्यूएफएक्स तथा अन्तर्राष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल ‘दि एलोफ्ट’ सञ्चालन भइरहेको छ।
विदेशी पर्यटकहरुको लागि अति नै लोकप्रिय रहेको ठमेलको मध्यभागमा अवस्थित रहेको छाँयादेवी कम्पलेक्स नेपालकै ठूलोमध्येको एक मेगा कम्प्लेक्सका रुपमा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19