काठमाण्डौ । छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक २०७५/७६ का लागि बम्पर लाभांश वितरणको प्रस्ताव गरेको छ ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४४.३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । संस्थाको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँका २७.११ प्रतिशतले हुन आउने ३२ करोड रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै चुक्ता पुँजीको १७.२१ प्रतिशतले हुन आउने २० करोड ३१ लाख ५७ हजार ८९४.७४ रुपैयाँ (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव पनि संस्थाले गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19