काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट १५ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ।


कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित १० प्रतिशत नगद लाभांश  छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

कम्पनीको हालको चुक्तापूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ  छ।