-भक्तराज रसाइली

काठमाण्डौ । सार्वजनिक ठाउँमा उभिएर स्टक ब्रोकरहरुलाई ‘चोर’को उपमा दिएको बिषयमा आधिकारिक धारणा पठाउन नेपाल इन्भेष्टर्स फोरमले ढिलाई गरेको भन्दै ब्रोकरहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 

मंसिर १० गते नेपाल स्टक एक्सचेञ्ज परिसरमा भएको प्रदर्शनको क्रममा लगानीकर्ताको मासलाई सम्बोधन गर्दै इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले ब्रोकरहरुलाई ‘चोर’को संज्ञा दिंदै गालीगलौज गरेका थिए । 

उनले ब्रोकरहरुलाई ‘अनलाइनको बाधक’, ‘चोर’ भन्ने आरोप लगाउँदै बैंकहरुलाई ब्रोकरेज लाइसेन्स नदिन ब्रोकर संगठित भएर लागेका आरोप समेत लगाएका थिए । उनको त्यो भाषणको भिडियो बिजशाला डटकममा प्रकाशित भएको थियो । 

प्रमाणसहित छोटेलालले ब्रोकरलाई चोर भनेको भाषण सार्वजनिक भएपछि ब्रोकरहरु रौनियारप्रति आगो भएका थिए । जिम्मेवार संगठनको जिम्मेवार नेताले सार्वजनिक ठाउँबाटै आफूहरुलाई ‘चोर’को आरोप लगाउँदै बजारविरोधी प्रमाणित गर्न खोजेको भन्दै १२ गते ब्रोकर एशोसिएसनले इन्भेष्टर्स फोरमको आधिकारिक धारणा मागेको थियो । छोटेलाल रौनियारको भाषणको भिडियोसहित स्टक ब्रोकर एशोसिएसनले आधिकारिक धारणा माग गरे पनि फोरमले भने सो बिषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

लामो समयसम्म फोरमले आफूहरुबाट व्यक्त भएको चासोको बिषयमा मौनता साँधेपछि ब्रोकरहरुले भने यो प्रकरणलाई कानूनी कठघरामा उभ्याउने तयारी थालेका छन् । 

‘रौनियारजीले यसअघि पनि ब्रोकरमाथि तुच्छ गाली गर्नुभएको सुनेका थियौं ।’ एक ब्रोकरले भने–‘तर यसपटक बिजशालाले प्रकाशन गरेको भिडियो प्रमाणले उहाँको स्तर देखाएको छ । उहाँ र फोरमले हामीलाई ‘चोर’ भनेको बिषयमा आधिकारिक धारणा नदिए हामी कानूनी लडाईमा जानेछौ ।’ 

लिखित रुपमै फोरमको धारणा मागिए पनि ५ दिनसम्म पनि सो बिषयमा चासो नदिंदा ब्रोकरहरुलाई बेवास्ता भएको हो कि भन्ने महसुस भएको अर्का एक ब्रोकरले बताएका छन् । 

फोरमका एक सदस्यले आजभोलि नै आधिकारिक धारणा आउँछ भने पनि हालसम्म नआएकोमा ब्रोकरहरु रुष्ट छन् । 

‘ब्रोकरलाई चोर भनेर उम्कन पाइन्न । फोरमको धारणा र चित्तबुझ्दो नआएमा यसपाली हामी हाम्रो तवरले लड्न तयार छौं ।’ अर्का एक ब्रोकरले भने–‘हाम्रो वकिलले कानूनी लडाइँका लागि ड्राफ्ट समेत तयार पारिसक्नुभएको छ । हामीलाई बेवास्ता गरिए कानूनी कठघरामा उभ्याउनुको विकल्प हुँदैन ।’ 

कतिपय ब्रोकरले मंगलबारसम्म छोटेलालले ‘चोर’ भनेको बिषयमा फोरमको धारणा नआए कानूनी उपचारमा जानुपर्ने भनी स्टक ब्रोकर एशोसिएसनलाई सुझाव दिएका समेत थाहा हुन आएको छ ।

ब्रोकरलाई आगो बनाउने छोटेलालको भाषण यस्तो थियो: