काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावरले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर(आइपीओ)मा थामिनसक्नुु आवेदन परेको छ ।

यो जलविद्युत कम्पनीले ५ करोड ४० लाख मूल्यको आइपीओ निश्कासन गरेकोमा पहिलो दिन नै माग भन्दा करिब ५ गुणा बढी आवेदन परेको हो । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका एक अधिकारीका अनुसार पहिलो दिन नै २१ करोड ८९ लाख बराबरको आवेदनहरु परेका छन् । आस्वा प्रणाली र परम्परागत प्रणाली गरी पहिलो दिन देशभरबाट कुल ४ हजार ८२ वटा आवेदन परेका छन् । 

आइपीओमा आवेदन जेठ १४ गतेदेखि खुलाई जेठ १८ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ । आवेदकले न्यूनतम ५० कित्तादेखि अधिकतम २ हजार ७ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो जलविद्युत कम्पनीले १० हजार ८ सय कित्ता आफ्ना कर्मचारीका लागि, २७ हजार कित्ता १० वटा म्युुचुुअल फण्डहरुका लागि र बाँकी सर्वसाधारणका लागि छुट्याएको छ । 

यो कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । हाल यो कम्पनीको चुक्तापुँजी २१ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी २७ करोड पुुग्नेछ । 

हालै, छ्याङ्दी हाइड्रोपावर कम्पनीले २ करोड ७० लाख मूल्य बराबरको आइपीओ आयोजना प्रभावित लमजुङका स्थानीयका लागि जारी गरेको थियो । 

आइपीओपछि संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको कम्पनीमा सेयर स्वामित्व संरचना ७०ः१०ः२० मा रुपान्तरण हुनेछ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ । 

यो कम्पनीले लमजुङ जिल्लामा हाल २ मेगावाटको चण्डी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कहाँ–कहाँबाट दिने आवेदन ?
१.ग्लोबल आइएमई क्यापिटल लिमीटेड, जमल काठमाण्डौ ।सम्पर्क: ०१-४२२२४६०

२.छ्याङ्दी हाइड्रोपावर लिमीटेड, गौरीधारा काठमाण्डौ । सम्पर्क: ०१४४२६४८३
३.ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु । सम्पर्क:०१-४४४६१५०
४.काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड, काठमाण्डौ प्लाजा, काठमाण्डौ । सम्पर्क:९८५१०८५०१०
५.प्रभू क्यापिटल लिमीटेड, कमलादी काठमाण्डौ । सम्पर्क:०१-४२२२३९३
६.जनरल फाइनान्स लिमीटेडका शाखा कार्यालयहरु चावहिल र न्यूरोड काठमाण्डौ । सम्पर्क:९८४००५५०२३
७.रिलायवल क्यापिटल लिमीटेड, सुन्धारा काठमाण्डौ । सम्पर्क:९८५११८७०६०
८.एनसिएम मर्चेन्ट बैकिङ लिमीटेड, कमलपोखरी काठमाण्डौ । सम्पर्क:०१-४४२८५५०
९.एनआइसी एशिया क्यापिटल लिमीटेड, बबरमहल काठमाण्डौ । सम्पर्क:९८५११९३४७१
१०.सानिमा क्यापिटल लिमीटेड, नक्साल काठमाण्डौ । सम्पर्क:९८४९५०५६९६
११.सिभिल क्यापिटल मार्केट लिमीटेड, कमलादी काठमाण्डौ । सम्पर्क:९८५२०५३२२२
१२.भिबोर क्यापिटल लिमीटेड, पुल्चोक ललितपुर । सम्पर्क:०१-५५५४७९३
१३. नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी आस्वा  सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरु र तिनका शाखाहरु ।