काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमीटेडले निश्कासन गरेको आइपीओको बाँडफाँड आगामी असार १७ गते शनिवार हुने भएको छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडका एक अधिकारीका अनुसार आगामी शनिवार छ्याङ्दी को आइपीओ बाँडफाँड गर्ने तयारी छ । 

यो जलविद्युत कम्पनीले जेठ १४ देखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । ५ करोड ४० लाख मूल्यको आइपीओका लागि देशभरबाट ३ अर्ब ७९ करोडको आवेदन परेको थियो । देशभरबाट ९० हजार ९८ जनाले आइपीओमा आवेदन दिएका थिए । 

यो कम्पनीले आफ्ना कर्मचारीका लागि १० हजार ८ सय, २७ हजार कित्ता १० वटा म्युुचुुअल फण्डका लागि र बाँकी सर्वसाधारणका लागि छुट्याएको छ । यो कम्पनीले लमजुङ जिल्लामा २ मेगावाट क्षमताको चण्डी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । 

यो कम्पनीको चुक्तापूँजी २१ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि त्यो बढेर २७ करोडको उचाईमा पुुग्नेछ । कम्पनीको अधिकृत पूँजी ५० करोड रहेको छ ।