काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर आउँदो चैत १ गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद बिक्री गरेको थियो। उक्त अवधिमा बिक्री हुन नसकेको ५९ हजार ८२७ कित्ता सेयर कम्पनीले लिलामीमा राख्ने भएको हो। 

लिलामीमा राखिएको सेयरमा इच्छुक जोकाही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालय तथा ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति चैत ९ गते बैंकिङ समयसम्म तोकिएको छ।