काठमाण्डौ । सरकारले आयुर्वेद तथा जडीबुटीबाट कोरोनाको उपचार संभव हुने अहिलेसम्म कतैबाट पुष्टि नभएको भन्दै भ्रमका पछि नलाग्न आह्वान गरेको छ ।
कोरोना भाइरसको संक्रमणसँग लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले घर भित्र र आसपासका जडीबुटी नियमित सेवन गर्न सकिने भए पनि त्यस्ता वस्तुको सेवनबाट कोरोना निको हुन्छ भन्ने भ्रम नपालिदिन आग्रह गरेको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देश डा. बासुदेव उपाध्यायले देशका कतिपय क्षेत्रमा जडीबुटी र आयुर्वेद औषधिबाट ग्यारेण्टीका साथ कोरोना रोग निको पार्ने भन्दै भ्रम सिर्जना भएको उल्लेख गर्दै यसमा आफूहरुको ध्यानाकर्षण भएको बताए ।
हामी होम क्वारेन्टाइनमा छौ । यस्तो बेलामा भ्रम सिर्जना नगरौं र यस्ता भ्रममा कोही नपरौं पनि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको प्रेस व्रिफिङमा आएका उनले भने–‘हाम्रादे देश महत्वपूर्ण जडीबुटीबाट भरिपूर्ण देश हो । घरभित्र र वरिपरि बहुमूल्य जडीबुटी छन्, तिनीहरुले रोगसँग लड्ने क्षमता राख्छ । यसले कोभिड १९ लाई ठीक पार्छ भन्ने चाहि होइन । हामीले घर वरपार उपलब्ध जडीबुटी प्रयोग गर्न सक्छौ, रोग प्रति लड्ने क्षमता बढाउनका लागि मात्र ।’
शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन नियमित योगाहरु गर्न सकिने र केही महत्वपूर्ण जडीबुटीहरुको नियमित प्रयोग गर्न सकिने समेत उनको सुझाव छ । ‘जस्तै, ५ ग्राम मात्रामा गुडुजी(गुर्जो) आधा लिटर पानीमा पकाएर नियमित रुपमा सेवन गर्न सकिन्छ । असूराको पात र बेसार एकलिटर पानीमा पकाएर दिनभरि नियमित रुपमा सेवन गर्न सकिन्छ ।’ उनले प्रष्ट पार्दै भने–‘तर आयुर्वेद र जडीबुटीले कोभिडलाई निको पार्दैन । जसले निको पार्ने दाबी गर्छन्, उहाँहरु आउनुहोस्, हामी तपाई औषधिलाई अनुसन्धानमा छिराउनसक्छौ । तर, पुष्टि नै नभएको विषयमा अहिले नै ठीक पार्छौ भनेर भ्रम सिर्जना नगरौं ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago